logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

एनसीसी बैंक र नारायणी सामुदयिक अस्पताल बीच सम्झौता


  • जन आकाश
  • आइतबार, फाल्गुन २२ २०७८

काठमाडौ । एनसिसि बैक र चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदयिक अस्पतालमा बैंकका भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई थप सेवा सुविधा प्रदान गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको बैकले जानकारी दिएको छ ।



उक्त सम्झौता मार्पmत बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदयिक अस्पतालमा बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग मार्पmत भुक्तानी गर्दा ओपीडी र अन्य सेवाहरु (औषधि, सीटी स्क्यान र प्रत्यारोपण बिक्री बाहेक) मा १० प्रतिशत छुट दिने सहमति भएको बैकले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

एनसीसी बैंकको ७ वटै प्रदेश गरी १३७ शाखा, १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम मार्फत ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको बैकको भनाई छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend