जन आकाश
काठमाडौ । बैंक अफ काठमाण्डू लिमिटेडको दमक नगरपालिका वडा नं. ०५, दमक, स्थित दमक शाखाको मिति २०७८ फाल्गुण २२ गते एक कार्यक्रम गरी दमक नगरपालिकाका मेयर रोमनाथ ओली र बैंकका संचालक गोबिन्द प्रसाद शर्माबाट संयुक्त रुपमा औपचारिक उद्घाटन सम्पन्न भएको बैकले जानकारी दिएको छ ।
उद्घाटन कार्याक्रममा दमक नगरपालिकाका नगर उप–प्रमुख गिता अधिकारी उद्योग वाणिज्य संघ, दमकका अध्यक्ष गोकुल श्रेष्ठ, चेम्बर अफ कर्मस, दमकका अध्यक्ष राजेन्द्र ढकालले बैंकको दमक शाखा कार्यालयको प्रगतिको शुभकामना दिएका थिए ।
उक्त कार्याक्रममा बैंकका संचालक गोविन्द प्रसाद शर्मा रेग्मीले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिएका थिए ।
दमक नगरपालिकाका नगर प्रमुख रोमनाथ ओलीले उक्त कार्याक्रममा बैंक अफ काठमाण्डू लिमिटेडलाई दमकमा स्वागत गर्नुको साथै स्थानिय महानुभावहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास नगरपालिकाले लिएको जानकारी दिएका थिए ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको बैकले दावी गर्ने गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend