जन आकाश
काटमाडौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११ औं स्थापना दिवसको पूर्वसन्धामा भक्तपुर जिल्ला सि.सि.टि.भि.जडान समितिलाई नगद रु.१००,००० आर्थिक सहयोग प्रदानगरेको छ ।
उक्त सहयोग रकम बैंकका वागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु बिष्टले महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठको विशेष उपस्थीतीमा परिसर कार्यलय भक्तपुर जिल्ला सि.सि.टि.भि.जडान समितिका कोषाध्यक्ष नविन प्रजापतीलाइ हस्तान्तरण गर्नुभएको थियो ।
उक्तकार्यक्रममा सेञ्चुरी बैंकका वागमती प्रदेश उपप्रमुख प्रचिता श्रेष्ठ, सुकुलढोका शाखाका प्रमुख सुकेश शाक्य र भक्तपुर शाखाका प्रमुख उषा खाणंको पनि उपस्थीती थियो ।सेञ्चुरी बैंकले भक्तपुरमा तीन शाखा मार्फत सेवा प्रदान गर्दै आएको बैकले उल्लेख गरेको छ ।
समितिका कोषाध्यक्षले यस आर्थिक सहयोगबाट भक्तपुर जिल्लाको अपराध अनुसन्धान र अपराध नियन्त्रणलाई प्रमाणमुखी र प्रभावकारी बनाउन मुख्य राजमार्ग, मुख्य मुख्य चोक, सिमानाका तथा प्रहरी चेक पोइन्टहरु समेतमा सि.सि.टि.भि. क्यामरा जडान गरी अपराध अनुसन्धान तथा न्यूनिकरण गर्न सहयोग पुग्ने बताउनु भएको छ ।
साथै बैंकको धुलिखेल शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत जेष्ठ नागरिक सेवा केन्द्र, काभ्रे धुलिखेललाई एक दर्जन कुर्सी दुइवटा टेवल र एक थान दराज लगायतका फर्निचर सामान प्रदान गरेको छ । जेष्ठ नागरिक सेवा केन्द्रका अध्यक्ष दिलसुन्दर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो ।
उक्त अवसरमा बैंकले गीता मन्दिर सरसफाई समेत गरेको थियो । सेञ्चुरी बैंकले काभ्रेमा सात शाखा मार्फत सेवा प्रदान गर्दै आएको बैकले उल्लेख गरी पठाएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend