जन आकाश
काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको शाखा मिति २०७८ फागुन २६ गते काठमाडौंको भिमसेनगोलामा स्थापना गरी शाखा सञ्चालनमा ल्याएको छ । सेन्चुरी बैकको उक्त शाखा विस्तार भएसँगै देशभर १२९ शाखा पुगेको बैकले जानकारी दिएको छ ।
उक्त शाखाको उद्घाटन संचालक समिति सदस्य प्रा.डा. गीता प्रधानले शाखाकोे समुद्घाटन गरी सेवा शुभारम्भ गर्नुभएको थियो ।
उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, संचालक मनबहादुर राई, सुनिल न्यौपाने, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीय बासीहरुको उपस्थिति रहेको थियो । भिमसेनगोला शाखा संचालनमा आएपछि उपत्यका भित्र मात्रै बैंकको शाखा संख्या २६ पुगेको बैकले जानकारी दिएको छ ।
देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखा रहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमाल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैकले वेला वेलामा जारी गर्ने विज्ञप्तिमका उल्लेख छ । बैंकको कुल शाखा संख्या १२९ एक्सटेन्सन १० काउण्टर २६ शाखा रहित बैंकिङ्ग र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको बैकले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend