logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

नव आदर्श माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकद्धारा सहयोग प्रदान


  • जन आकाश
  • शुक्रबार, चैत्र ४ २०७८

 



 

 

काठमाडौ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तर दायित्वको निम्ति स्थापित “हाम्रो विकास प्रवर्द्धन कोष“ मार्फत काठमाडौं बसन्तपुरस्थित नव आदर्श माध्यमिक विद्यालयलाई विद्यालयमा अध्यनरत विद्यार्थीहरुका लागि आवश्यक पोशाक, स्कुल ब्याग,जुत्ता तथा स्टेशनरी सामग्रीहरु हस्तान्तरण गरेको छ ।

विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका काठमाडौं क्षेत्रीय प्रमुख दिलिपराज बरालले स्कुलका विद्यार्थीहरुलाई सो सामग्रीहरु हस्तान्तरण गर्नु भएको हो । कार्यक्रममा बैंकका तर्फबाट मार्केटिङ विभाग प्रमुख बसन्त दाहाल रन्युरोड शाखा प्रबन्धक जितबहादुर गुरुङ र नव आदर्श माध्यमिक विद्यालयका तर्फबाट विद्यालय व्यवस्थापन समितिका सदस्य विष्णुराज श्रेष्ठ,सह– प्रध्यानाध्यापकद्वय बैकुण्ठ पौडेल र कृष्ण प्रसाद दवाडी लगायत विभिन्न शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

नव आदर्श माध्यमिक विद्यालयले सीमान्तकृत वर्ग र आर्थिक अवस्था कमजोर भएका करिब ३०० जना विद्यार्थीहरुलाई न्युनतम शुल्कमा अध्यापन गराईरहेको छ । बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरुको आधारभूत आवश्यकता पुरा गरि गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्ने हेतुले सो सहयोग गरेको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend