logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

बैंक अफ काठमाण्डूले शुरु ग¥यो हेल्प लाईन सेवा


  • जन आकाश
  • बुधबार, चैत्र ९ २०७८

काठमाडौ । बैंक अफ काठमाण्डू लिमिटेडले हेल्पलाईन सेवा सुचारु गरेको छ । बैंकले आफ्नो ग्राहक हरुलाई बैंकिङ्ग कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुबिधाहरुको जानकारी तथा सेवा संचालनमा सहयोग गर्नको लागि हेल्पलाईन स्थापना गरेको छ ।



यस हेल्पलाईन सेवा अन्र्तगत ग्राहक महानुभावहरुले बैंकको कुनैपनि डिजिटल कारोबारहरुको कुनै जिज्ञासा भएमा यस बैंकको सहयोग कक्षबाट फोन वा इमेलको माध्यमबाट सहयोग लिन सकिने उल्लेख गर्दै बैंकको मोबाईल बैंकिङ्ग (BOK SMART), इन्टरनेट बैंकिङ्ग(BOK Click), क्यूआर कोर्ड (QR Code), डेबिट कार्ड, क्रेडिट कार्ड, एटिएम (ATM) तथा POS को कारोबारमा केहि समस्या आएमा बैंकका ग्राहकहरुले हेल्पलाईन नम्बर ०१–५९१९९११ वा इमेल ठेगाना helpline@bok.com.np  बाट सिधै सहयोग लिन सक्ने सविधा प्रदान गर्न लागेको बैकले जनाएको छ ।

 

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend