logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ज्योति विकास बैंकद्वारा देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबीवार्मर प्रदान


  • जन आकाश
  • बुधबार, चैत्र ९ २०७८

 



काठमाडौ । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ूहाम्रो विकास प्रवर्द्धन कोष मार्फत म्यागङ गाउँपालिका वडानं. ३ देउराली ( नुवाकोटस्थित देउराली प्राथमिक स्वास्थ्य केन्द्रलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबीवार्मर प्रदान गरेको छ।बेबीवार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ।

देउराली प्राथमिक स्वास्थ्य केन्द्रको प्राङ्गणमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका नुवाकोट र धादिङ क्षेत्रका प्रमुख रबिन रेग्मी र देउराली शाखा प्रबन्धक हर्क बहादुर तामाङद्वारा म्यागङ गाउँपालिकाव डानं.३ का अध्यक्ष हरि बहादुर तामाङको उपस्थिमा सामरी स्वास्थ्य केन्द्रलाई सो बेबीवार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो।साथै सोहि कार्यक्रमका बीच अस्पतालका डाक्टर, नर्स लगायत विभिन्न सम्बन्धित कर्मचारीहरुलाई बेबीवार्मर संचालन सम्बन्धि विशेष तालिम पनि प्रदान गराईएको थियो।

बैंकले हाम्रो विकास प्रवर्द्धन कोषू मार्फत् “न्यानो नानी”परियोजना( २ अन्तर्गत हालसालै लिपानि बिर्ता स्वास्थ्यचौकी (परवानीपुर, हेटौडाअस्पताल, बेतिनी सामुदायिक स्वास्थ्यचौकी (फापरबारी, चन्द्रनिगाहपुर अस्पताल(रौतहट,स्वास्थ्यचौकी चिउरीडाँडा(खोटाङ,कल्पवृक्ष स्वास्थ्यचौकी(सिन्धुली, बर्दिया जिल्ला अस्पताल, शिशुवा अस्पताल(कास्की ,महादेवपुरी स्वास्थ्यचौकी(बाँके,स्वास्थ्यसेवा कार्यालय(जाजरकोट,प्राथमिक स्वास्थ्यकेन्द्र(प्युठान र इनरुवाअस्पताल(सुनसरीलाई एक(एकथान बेबीवार्मर प्रदानगरि १२ वटा बेबीवार्मर प्रदान गरिसकेको छ।

बैंकले १३औं वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रियआविष्कार केन्द्रलाई न्यानोनानीू बेबीवार्मर बनाई देशका विभिन्न ग्रामीण तथा पहुंच नपुगेका अस्पतालहरुलाई हस्तान्तरण गर्ने सहकार्यका लागि सो केन्द्रको “न्यानोनानी” परियोजना ( २ को लागि सहयोग प्रदान गरेको थियो।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend