logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

बैंक अफ काठमाण्डूद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


  • जन आकाश
  • सोमबार, चैत्र १४ २०७८

काठमाडौ । विश्व वित्तीय सप्ताह (Global Money Week) २०२२ को अवसर पारेर बैंक अफ काठमाण्डू लिमिटेडले मुलुकभर विभिन्न स्थानहरुमा ७ दिन (२१–२७ मार्च २०२२) वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ ।



बैंककोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले मुलुकभरका विभिन्न कलेज तथा स्कुलमा कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्मार्थीहरुलाई वित्तीय साक्षरता सम्बन्धी विशेष कार्यक्रम संचालन गरेको हो ।

उक्त कार्यक्रममा बैंकका प्रतिनिधीहरु विभिन्न स्कुल तथा कलेजहरुमा गई कक्षा ८ देखि कक्षा १२ सम्म अध्ययनरत विद्मार्थीहरुलाई बैंकिङ्ग तथा वित्तीय साक्षरता सम्बन्धी जानकारी प्रदान गरिएको बैकले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

उक्त कार्यक्रमले विद्मार्थीहरुको वित्तीय तथा बैंकिङ्ग साक्षरता सचेतना अभिबृद्धिमा सहयोग पुग्ने उदेश्य बैकले राखेको उल्लेख छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको बैकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend