logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

मुक्तिनाथविकास बैंकद्वारा निलसागर सेवा आश्रमलाईं सहयोग


  • जन आकाश
  • सोमबार, चैत्र १४ २०७८

 



काठमाडौ । मुक्तिनाथविकासे बैंकले राप्ती गा.पा. – ०८, पिपरी, दाङ्गस्थित नीलसागर असाहाय अशक्त तथा ज्येष्ठ नागरिक पूनः स्थापना केन्द्र (निलसागर सेवा आश्रम) का लागि खाद्य वस्तुहरु, डस्टबीन लगायत सामग्रीहरु सहयोग गरेको छ ।

बैंकले निलसागर सेवाआश्रमलाई कार्यक्रमको आयोजन गरी उक्त सामग्रीहरु हस्तान्तरण गरेको बैकले जानकारी दिएृको छ ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट सिसहनिया शाखाका प्रबन्धक दिपककुमार पाण्डे र अन्य कर्मचारीहरुको उपस्थिति तथा निलसागर सेवा आश्रमका तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

निलसागर सेवा आश्रममा बस्नु भएका ज्येष्ठ नागरिक , अशक्त नागरिकको पूनः स्थापना गर्न मद्दत पुग्ने धारणा बैंकले कार्यक्रममा राखेको थियो । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा कामहुने विश्वास लिएको धारणा राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend