जन आकाश
काठमाडौ । गरिमा विकास बैंक लिमिटेडको ५१.२०% शेयर स्वामित्व रहने गरी गरिमा क्यापिटल लिमिटेड (साविक के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड) गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा रुपान्तरण भएको छ र अब उप्रान्त के.सी.एल.अस्ट्यूट क्यापिटल लिमिटेडले प्रदान गर्दै आएका सेवा तथा कारोवारहरु गरिमा क्यापिटल लिमिटेडको नाममा सञ्चालन हुनेछन् ।
मिति २०७८ साल आषाढ ०४ गते के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड र गरिमा विकास बैंक लिमिटेड बिच गरिमा विकास बैंक लिमिटेडद्वारा के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको शेयर लगानी÷स्वामित्व खरिद गर्ने सम्बन्धी भएको समझदारीपत्र (Memorandum of Understanding – MOU) बमोजिम कम्पनी रजिष्ट्रारको कार्यालयको मिति २०७८ साल चैत्र महिना ०७ गतेको पत्रबाट साविकको के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति तथा तिर्नु व्यहोर्नु पर्ने कर दायित्व आदि परिवर्तित नामको कम्पनीले सकार्ने व्यहोर्ने गरी संस्थाको नाम के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेड (अंग्रेजीमाK.C.L. Astute Capital Limited_ बाट परिवर्तन गरी गरिमा क्यापिटल लिमिटेड(अंग्रेजीमा Garima Capital Limited_ कायम भएको जानकारी दिएको थियो ।
उक्त जानकारी दिनलाई काठमाडौको माया मनोर बुटिक होटल, हात्तिसार भएकमो पत्रकार सम्मेलन अगावै सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडका अध्यक्ष, पूर्व अध्यक्ष,सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, काठमाडौँ क्यापिटल लिमिटेडका सञ्चालक तथा अन्य पदाधिकारीहरु, साविक के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडका सञ्चालकहरु, गरिमा क्यापिटल लिमिटेडका सञ्चालक तथा अन्य पदाधिकारीहरुको उपस्थितिमा पत्रकार सम्मेलन गरी उक्त संस्था गरिमा विकास बैकमा गाभिएकमो जानकारी गराइएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend