जन आकाश
काठमाडौ । काठमाण्डौं विश्व विद्यालय हाईस्कूलका विद्यार्थीहरुद्धारा आईयू क्यूबस्याटस् स्याटेलाईट (IUCubesats Satellite) निर्माण गर्नका लागि मुक्तिनाथ विकास बैकले सहयोग गरेको छ ।
काठमाण्डौं विश्वविद्यालय हाईस्कूल र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा बनेपाको विद्यालयहरुमा अध्ययन गर्ने १२ जना विद्यार्थीहरु यस आईयू क्यूबस्याटस् स्याटेलाईट (IUCubesats Satellite) को निर्माण कार्यमा जुटेका छन् । सोही स्याटेलाइटका निर्माण सक्ने र अन्तरिक्षमा उडान गरिने कार्य २०२३ साल सम्म गरिने छ ।
बैंकले काठमाण्डौं विश्व विद्यालय हाईस्कूललाई यसै आईयू क्यूबस्याटस् स्याटेलाईट (IUCubesats Satellite) निर्माण कार्यको विभिन्न खर्चहरुको प्रबन्ध गर्नेका लागि एक कार्यक्रम बीच सहयोगका लागि रु ७५,००० को (चेक) हस्तानतरण गरेको छ । उक्त कार्यक्रममा बैंकका तर्फबाट प्रमुख– बजारीकरण प्रबद्रधन तथा संस्थागत मामिला विभाग बसन्त बक्शी, र अन्य कर्मचारीहरुको उपस्थिति तथा काठमाण्डौं विश्व विद्यालय हाईस्कूलको तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थितिमा उक्त सहयोग हस्तान्तरउण गरिएको थियो. ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend