logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

सिभिल बैंकको नगदरहित अभियान बेगनासमा


  • जन आकाश
  • सोमबार, चैत्र २१ २०७८

 



कास्की । समृद्धिका लागिसिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले नगदरहितअभियानलाई निरन्तरतादिंदै गण्डकी प्रदेशको कास्कीजिल्ला स्थित बेगनास तालका २२० डुंगा व्यवसायीहरुलाई क्युआर कोड वितरण गरेको छ ।

सो कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. राम शरण खरेल, बेगनास तालडुंगा व्यवसाय समितिका अध्यक्ष ढकनाथ कडेँल, फेवाताल डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धि बहादूर नेपाली, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल,चिफ विजनेस – डिपोजिट तथा ट्रान्ज्याक्सन बैंकिङ्गका भोला बहादुर विष्ट, ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेशनका प्रमुख विजय रामकशजु, गण्डकी प्रदेशका प्रमुख समिर केसी, शिवचोक शाखा प्रबन्धक हरिकृष्ण अधिकारी, लेखनाथ शाखा प्रबन्धक नवराज दाहाल, फोनपेका एसिस्टेन्ट प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा तथा फोनपेका ब्राण्ड एम्बेसडर सन्दिप क्षेत्री लगायतसो क्षेत्रका व्यवसायीहरु, गन्य मान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

सो कार्यक्रमको उद्घाटनमा बोल्दै नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा. राम शरण खरेलले नोट छपाई गर्दा खर्च हुने तथा विदेशी ने मुद्रा बचाउन पनि नगदरहित अभियान अपरीहार्य कुरा भएको बताउनु भयो ।

सो कार्यक्रमको उद्घाटनमा बोल्दै प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले नगदरहित अभियानलाई प्रभावकारी बनाउन क्युआर कोडलाई सर्वव्यापी रुपमा लैजानु पर्ने पनि वताउनु भयो ।

बैंकले आफ्नो ग्राहकहरुलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणाली मार्फत विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै विभिन्न ब्यापार व्यवसायहरुमा क्युआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी रुपमा लैजाने र आगामी दिनहरुमा पनि यस्तै खालको सेवाहरु ल्याउँदै जाने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बताउनु भयो ।

करिव सात लाख ग्राहकहरुलाई ११५ शाखाहरु, ११ एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरु मार्पmत सेवाप्रदान गरिरहेको सिभिल बैंकले हाल सम्मकरीव रु. ९०अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ८९अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend