जन आकाश
काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका अध्यक्ष राजेशकुमार श्रेष्ठले एक कार्यक्रमका वीच “सेञ्चुरी क्यालेण्डर( २०७९” सार्वजनिक गर्नुभएको छ । वित्तीय साक्षरता अभिवृद्धि एवं डिजिटल कारोबार प्रर्वद्धन गर्ने उद्देश्यले नयाँवर्ष २०७९ को क्यालेण्डरमा निक्षेप, कर्जा,डिजिटल बैंकिङ्गका माध्यमहरु लगायत विभिन्न बैंकिङ्ग सेवाहरुलाई समावेश गरिएको छ । यसबाट िवत्तीय साक्षरता र डिजिटल बैंंिकङ्ग सचेतना अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको बैकले कार्यक्रममा जानकारी दिएको छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४शाखारहित बैंकिङ्ग र ११३ एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको उल्लेख गदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend