logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

मुक्तिनाथ विकास बैंक र दराज प्रा.लि. बीच सम्झौता


  • जन आकाश
  • आइतबार, चैत्र २७ २०७८

 



 

काठमाडौ । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन दराज प्रा.लि. सँग एक कार्यक्रम बीच सम्झौता गरेको छ । बैंकले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा आफ्ना ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइन बाटै भिषा डेविट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्ने बैकले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट, प्रमुख–डिजिटल बैंकिङ्ग इकाइ र बैकास्योरेन्स राजेन्द्र पाण्डे, प्रमुख– बजारीकरण प्रबद्रधन तथा संस्थागत मामिला विभाग बसन्त बक्शी, र अन्य कर्मचारीहरुको उपस्थिति तथा दराज प्रा.लि. को तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो । बैंकको भिषा डेविट कार्ड प्रयोगकर्ताहरुले नेपाली नयाँवर्षको उपलक्ष्यमा हुन लागेको नव वर्ष २०७९ अभियान २०७८ चैत्र २८ को दिन देखि सिमित समयको लागी डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १०% वा रु १,००० सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

उक्त छुट प्राप्तगर्नको लागि ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रियगर्नु पर्दछ ।आफ्नो कार्डमाई–कमर्स सक्रिय गर्नको लागि ग्राहकहरुले बैंकको नजिकको शाखामा आवेदनदिन अनुरोध गरेको छ ।

उक्त सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरुलाई नयाँ वर्षमा सजिलोसगँ घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर भएको उल्लेख छ । तसर्थ यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहकहरुलाई विशेष सहयोग पुग्ने बैंकले विश्वास राखेको उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend