जन आकाश
काठमाडौ । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ बर्षको लागी नयाँ अफर सार्वजनिक गरेको छ । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले सिजी डिजीटलका कुनै पनि सामान गरिद गर्दा रु. २०,००० को खरिदमा एनएमबिको कुनै पनि कार्ड बाट पिओएस वा अनलाईनमा भुक्तानी गर्दा रु. २,००० को क्यास ब्याक पाइने गरी सम्झौता भएको बैकले जानकारी गराईएको छ । यो योजना चैत्र २९ देखि शुरु भई सिमित अवधिको लागी मात्र लागु हुने उल्लेख छ ।
एनएमबीका ग्रहकलाई दराजवाट सामान खरिद गर्दा छुट
एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुलाई नयाँबर्षको लागी नयाँ अफर सार्वननिक गरेको छ । एनएमबि बैंकको ग्राहकले नेपालको अग्रणी अनलाईन दराजबाट समान खरीदगर्दा १०% वा रुं. १,००० सम्म र क्रेडिट कार्ड प्रयोग गरी समान खरिद गर्दा १५% वा रु. १,५०० सम्म छुट पाउने भएका छन् उक्त सम्झौता बैक र दराजवीज भएको बैकले जानकारी दिएको हो ।
उक्त योजना चैत्र २८ देखि शुरु भईसिमितअवधिको लागीमात्रलागु हुने जानकारी गराईएको छ ।
त्यसैगरी एनएमबी बैकका ग्रहकहरुलाई फोन–पे, अनलाईन बजार सस्तो मा पनि बैकले सम्झौता गरी ग्रहकहरुलाई अफरै अफरको योजना आगाडी सारेको छ । जसवाट एनएमबी बैकका ग्रहकहरु नयाँ वर्षमा लाभान्वित हने देखिन्छ ।
एन एमबी बैक प्रतिष्ठा बोकेको र छोटो समयमा सफलता हाशिल गरेको बैक हो । बैंकले दिफिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी‘ बैंक अफदिइयर नेपाल’ प्राप्तगरि सकेकको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवाप्रदान गदै आइरहेको बैकले जारी गर्ने बिज्ञप्तिहरुमा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend