logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

सिभिल बैंकले “अद्वितीय नेपाल”शिर्षकको २०७९ क्यालेण्डर प्रकाशित ग¥यो


  • जन आकाश
  • बुधबार, चैत्र ३० २०७८

 



काठमाडौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले “अद्वितीय नेपाल”शिर्षकमा नेपाली नयाँ वर्ष २०७९को क्यालेण्डर सार्वजनिक गरेको छ । कोरेना महामारीको कारण करीव धराशायी भएको पर्यटन व्यवसायलाई यसले केही टेवा प्रदान गर्ने उदेश्य राखेर उक्त क्यालेण्डर प्रकाशन गरेको बैकका पदाधिकारीहरुले क्यालेण्डर सार्वजानिक गर्ने क्रममा बताएका थिए ।

उनिहरुहरुको भनाई अनुसार कोरोना महामारीको कारण मानिसहरु लामो समय देखि घुम्नबाट बन्चित भएको र नयाँनयाँ भ्रमण गन्तव्यहरुको खोजीमा हुन्छन् । त्यसैले उक्त क्यालेण्डरमा नेपालका नवीन अद्वितीय भ्रमण गन्तब्यहरु फोसुण्डो ताल, नार–फु उपत्यका, त्रिवेणी पाटन, पाँचपोखरी, गोल्डेन धाप, देउ ढुंगा, कन्चाजन्घा बेस क्याम्प, सगरमाथा, गोक्यो ताल, कोरी डाँडा, खुमाइ डाँडा र धो–तरपको फोटो तथा छोटो टिप्पणी समाविष्ट गरिएका छन् । यस क्यालेण्डरका तस्वीरहरु ईमेज पसल डटकमबाट खरिद गरिएको तथा घुमन्तेद्वारा खिचिएको तस्बिरहरु हुन् ।

नेपालको अतुलनीय प्राकृतिक सुन्दरता कै कारण देश बिदेशबाट लोकप्रिय भ्रमण गन्तब्यको रुपमा नेपाल चिरपरिचित छ अनि यस क्यालेण्डरमा समाविष्ट गरिएका अद्वितीय भ्रमण गन्तब्यहरुले विद्यमान भ्रमण गन्तब्यमा मात्रै आफ्नो भ्रमणलाई सिमित नगरी नेपालको अन्य भ्रमण गन्तब्यहरुका बारेमा जानकारी दिनेछ भन्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले बतएका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend