जन आकाश
झापा । बैंक अफ काठमाण्डू लिमिटेडको मेचीनगर नगरपालिका वडा नं. ०६, काँकरभिट्टा, स्थित काँकरभिट्टा शाखा मिति २०७९ वैशाख ०४ गते कार्यक्रम गरी उदघाटन गरिएको बैकले जानकारी दिएको छ ।
मेचीनगर नगरपालिकाका मेयर बिमल आचार्य र बैंकका संचालक विजय कुमार श्रेष्ठबाट संयुक्त रुपमा औपचारिक उदघाटन भएको हो । औपचारिक उदद्घाटन समारोहमा मेचीनगर नगरपालिकाका नगर उप–प्रमुख मिना पोखरेल उप्रेती, मेचीनगर नगरपालिका वडा नं. ०६ का वडा अध्यक्ष ललित बहादुर तामाङ्ग तथा मेची उद्योग वाणिज्य संघ, धुलाबारीका अध्यक्ष ऋषीराज तिम्सीना लगायतले बैंकको काँकरभिट्टा शाखा कार्यालयको प्रगतिको शुभकामना प्रदान गरेका छन् ।
उक्त औपचारिक कार्यक्रममा बैंकका संचालक विजय कुमार श्रेष्ठले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दिनुभएको छ ।
मेचीनगर नगरपालिकाका नगर प्रमुख बिमल आचार्यले उक्त कार्यक्रममा बैंक अफ काठमाण्डू लिमिटेडलाई काँकरभिट्टामा स्वागत गर्नुको साथै स्थानिय महानुभावहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास नगरपालिकाले लिएको जानकारी दिनुभयो ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरु रहेको र उक्त स्थानहरुवाट ग्रहकहरुलाई सुविधा दिइरहेको बैकले जानकारी दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend