logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

सेञ्चुरी बैंकद्धारा तल्लो चिरखुवा होइड्रोइलेक्टीक प्रोजेक्टको वित्तीय समापन सम्पन्न


  • जन आकाश
  • सोमबार, बैशाख ५ २०७९

 



काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४.०६ मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्टीक प्रोजेक्टको फाइनान्सियल क्लोेजर सम्पन्न गरेको छ । प्रदेश नम्बर १ को षडानन्द नगरपालिका भोजपुरमा अवस्थित उक्त जलविद्युत परियोजना एल.सि. इनर्जी प्राइभेट लिमिटेडले प्रर्वद्धन गरेको हो ।

तल्लो चिरखुवा चिरखुवा होइड्रोइलेक्टी प्रोजेक्टमा सञ्चुरी बैंकको एकल लगानी रहेको यस परियोजनामा बैंकको ऋण लगानी ७० प्रतिशत र बाँकी प्रर्वद्धकको लगानी रहेको छ । यस परियोजनाका प्रर्वद्धकमा दिपक राई, विश्वमोहन श्रेष्ठ, केदारनाथ कार्की, दावाजंग्मु श्रेष्ठ लामा तथा ग्रुप रहनुभएको छ भने उक्त समूहले ४.७ मेगावाट क्षमताको उपल्लो चिरखुवा होइड्रोपावर परियोजना निर्माण गरी विद्युत उत्पादन गर्ने क्रममा रहेको छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको र्बैकले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend