जन आकाश
काठमाडौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७९ बैशाख ८ गतेदेखि थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टछुटै कार्यक्रमहरुका बीच उक्त शाखाहरुको उद्घाटन गरी सेवा शुरु गरेका हुन् ।
बैंकले एकै दिन कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नं. ४ को महेन्द्रनगर बजारमा महेन्द्रनगर शाखा, कैलाली जिल्लाको लम्की नगरपालिका वडा नं. १ लम्की बजारमा लम्की शाखा र बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नंं. ७ को गुलरिया बजारमा गुलरिया शाखाबाट सेवा प्रारम्भ गरेको हो । बैंकको शाखा उद्घाटन कार्यक्रमहरुमा विभिन्न संघसंस्था एवं निकायका विशिष्ट व्यक्तिहरु, उद्यमी व्यवसायीहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख संचालन अधिकृत अनिल रेग्मी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको बैकले पठाएको नोटमा उल्लेख छ ।
२०७८ चैत्र मसान्तसम्ममा बैंकले रु. ९२ अर्ब ९६ करोड निक्षेप संकलन र कर्जा रु. ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गरेको बैकले । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी हो र बैंक पहिलो पटक खुद मुनाफा रु. १ अर्ब कटाउन सफल भएको सफलतामा अर्को सफलता हाशिलका लागि एकैदिन तीन शाखा विस्तार गरेको उल्लेख छ ।
देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । थप तीन शाखा संचालनमा आएपछि बैंकको कुल शाखा संख्या १३३ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend