जन आकाश

पुस्तकचर्चा
–तेजप्रकाशबानियाँ
विनोदकुमार श्रेष्ठको यथार्थवादी उपन्यास ‘इच्छामरण’
उपत्यकाबाहिरका साहित्यकारहरूलाई हामीले ध्यान दिन सकेका छैनौ । उहाँहरूको आँकडा पनि हामीसँग छैन । हजारौं स्रष्टाको बीचमा स्थापित मोफसलका स्रष्टाहरूमा रामेछाप निवासी विनोदकुमार श्रेष्ठको नाम अगाडि बढ्दै गएको छ । उनको जन्मवि.सं २०४४ साल चैत १ गते एक किसान परिवारमा भएको हो । उनी पढ्ने उमेरमै काठमाडौंमा एकजना सप्लायर्स स्टाफमा जागीरे भए । दूर्भाग्यवस कामको दौरानमा २०६३ साल चैत्र २४ गते कार दुर्घटना परे । जतिखेर उनको उमेर १९ वर्षको थियो । १९वर्षे लक्का जवान मै दुर्घटनाका कारण ढाड भाचियो ।
उनी पिजडारुपी मैनाभए । संसार डुल्ने चरो पिजडारुपी मैनाभए पछि के हुन्छ ?त्यो कल्पना गरे भन्दानिकै बाहिरको कुरा हो । तै पनि म देख्छु, अहिले र पहिलेको उनको जीवन । यो जीवन आकाश र जमिन जतिकै अन्तर छ ।
जीवनमा कुनै दिन उपन्यासहरू लेख्छु भनेर सपना पनि देखेका थिएनन् उनले । न त उनी लेख्ने कुराको कल्पना नै गर्थे । न उनी साहित्यको विद्यार्थी नै हुन्। उनको लेखन यात्राकुनै रमणीय क्षणबाट प्राप्त उपलब्धि होइन । बस् ! जीवन दुर्घटना पछि यतिकै साहित्यमा जोडिन आइपुगे । यसलाई उनको ध्येय भनौँ ? या संयोग । म छुट्याउन सक्दिन किनकी,दुर्घटना पछि युटर्न भएको थियो उनको जीवन । दुर्घटना नै उनको लेखन यात्रामा प्रेरणाका स्रोत हो । यदि उनको जीवन दुर्घटना भएर परिवर्तन नभएको भए शायद उनले लेख्ने थिएनन् । आज उनका चारओटा कृति प्रकाशित भएका छन् ।
‘जीवन एक संघर्ष अनेक मोड’ आत्मालाप ।
‘द स्प्रिङ लभ’उपन्यास ।
‘आभास’उपन्यास ।
‘इच्छामरण’ उपन्यास ।
‘जीवन एक संघर्ष अनेक मोड’आत्मालाप उनको पहिलो कृति हो । यो उनको जीवनसँग सम्बन्धित छ । एक शकुसल मान्छेको जीवन कसरी परिवर्तन हुन्छ भन्ने बारे लेख्ने प्रयास गरेका छन् उनले । विनोदी पाराका विनोद शब्दक्रीडामा मगनमस्त छन् यस आत्मालापमा । आफ्ना पिडोत्तर भावोच्छोलनमा लागेका छन् उनी । यस आत्मालापमा कोही पात्रहरू छैनन्, आपैmँ पात्रछन् । उनका आफ्नै वेदना समेटिएका छन् । सफा ऐनाले सफा नै देखाउँछ र धमिलो ऐनाले धमिलै देखाउँछ भने जस्तै धमिलो घटना र वेदनापूर्ण जीवनको ऐनालाई पुछेर सफा बनाउने प्रयत्न गरेका छन उनले । ‘जीवन एक संघर्ष अनेक मोड’आत्मालाप २०७१ सालमा आफैले प्रकाशन गरेको कृति हो ।
‘द स्प्रिङ लभ ।’ यो उपन्यासमा अलिकति जङ्गलीपन छ । अलिकति सहरीपन छ । अलिकति यौनिक छ । अलिकति शून्यता छ । अलिकति सिस्टम छ । यसमा एक स्पाइनल कर्ड इन्जुरीको अपाङ्गता भएको ब्यक्ति र नर्स बीचको प्रेम कथा समेटिएको छ । अनि समेटिएको छ, एक ढाड भाच्चिएर स्पाइनल कर्ड इन्जुरी भएको ब्यक्तिको आफ्नै दर्दनाक जीवन । “द स्प्रिङ लभ”२०७३ साल साउन महिनामा शब्दार्थ प्रकाशन गृहबाट प्रकाशित भएको हो ।
‘आभास’उपन्यास उपन्यासको पात्र हो । आभास उनको मन भित्रको प्रकल्पना हो ।अनि यही काल्पनिक ज्योत्स्ना नै आभास उपन्यास हो । उनको उपन्यासलाई मैले यथार्थमय दूरदर्शिता मानेँ, प्रकृतिको । जुन तितो सत्य छ । अन्तत ः प्रेम यहीँ छ ।
भावसागरमा छताछुल्ल भएर प्रेम पोखिएको छ । यसले प्रेमिल मनहरूलाई छुने छ । प्रक्रने छ । हुँडल्ने छ । मन देखि मनसम्मका डिमार्केसनहरूमा जहाँ हाम्रो समाज प्रेम गर्नेहरूको चियो चर्चो गरिरहेको छ । सदियौँदेखि हाम्रो परिवेशमा प्रेम वर्जित विषय बनाइएको छ । यही विषय उनले पक्र्रेर प्रहार गर्ने प्रयत्न गरेका छन् । ‘आभास’ २०७५ साल पुस महिनामा शब्दार्थ प्रकाशन गृहबाट प्रकाशित भएको हो ।
मैले यहाँचर्चा गर्ने उपन्यास हो ‘इच्छामरण’। प्यसिफिक पब्लिकेशन बागबजारले प्रकाशनमा ल्याएको उपन्यास इच्छामरण १९२ पेजको छ । यो पुस्तकको कभर हेर्दैमार उपन्यासको नाम पढ्दैमा पढूँपढूँ लाग्ने खालको छ यो उपन्यास ।
उपन्यास ‘इच्छामरण’ मैले सर्सर्र्ती अध्ययन गरेँ । अरु उपन्यासहरू भन्दा यो उपन्यास एकदमै पृथक छ । साहित्यनसा परक छन् पृष्ठभूमि फरक छ । उनको कलम नेपाली साहित्य तर्पm तिखारिदै गएको अनुभव गरेँे । उपन्यासको स्तर पनि चुलिदै गएको छ ।
पुस्तकको अन्तर्वस्तुको बारेमा भन्नु पर्दा लेखकले आप्mनो जीवनसँग घटेका घटनाक्रमलाई साहित्यिक मसला र मिठास भरेर उपन्यास बनाउन खोजेका छन् । ‘आरम्भ भन्दा पहिले’शीर्षकमा उनले जीवनमा भोगेका र देखेका उतार चडावहरूमा आइपर्ने अफ्ट्यारा मोडहरूलाई यथार्थ परक ढंगले व्याख्या गरी उपन्यासमा प्रवेश गर्न सजिलो पारि दिएका छन् ।
उपन्यास विशेष गरी २७ भागमा विभाजित छ । यस उपन्यासमा एक सकुशल मान्छेको जीवन कसरी परिवर्तन हुन्छ ?उसले कस्ता–कस्ता खालको दुःख र पीडा भोग्नु पर्छ ? सकुशल हुँदैको प्रेम जीवन विचलित भइसकेपछि कसरी मोडिन्छ ? मान्छेले किन मर्ने परिकल्पना गर्न बाध्य हुन्छ ? जीवन विचलित भइसके पछि मर्नको लागि पनि किन सहज हुँदैन ? स्व–इच्छा मर्न चाहनेको लागि कानुनले के भन्छ ?अपाङ्गताभएकाहरूकाबुबाआमाले समाजमा कस्ता खालका लाल्छनाहरू भोग्नुपर्छ ? छोराछोरी अपाङ्गताभए पछिको पीडाहरू कस्तो हुन्छ बुबाआमाको ?श्रीमानश्रमितीमध्ये कुनै एकको शरीर विचलित भयो भने शरीर विचलित हुने प्रति विचलित नहुनेको हेर्ने दृष्टिकोण कस्तो रहन्छ ? यस्तै यस्तै खालको विषयमा चर्चा गर्न खोजिएको छ, यो उपन्यास इच्छामरणमा ।
यस उपन्यासका मुख्य पात्र निश्चल हुन् । निश्चल दुर्घटना पछि मेरुदण्ड भाचिएको व्यक्ति हुन् । दोस्रो पात्रको रुपमा उनका प्रेमिका छिन् । अरू अपाङ्गता भएका व्यक्तिहरू यस उपन्यासका सहायक पात्रका रुपमा छन् । उनीहरूको दुःख र दर्दलाई समेटिएको छ ।
समग्रमा भन्नुपर्दा यो उपन्यासको मुख्य भाव कानुनी रुपमा मर्न पाउनु पर्छ भन्ने हो । स्व–इच्छाले मर्न चाहनेको लागि कानुनी व्यवस्था ऐलेसम्म छैन । उपन्यासको अन्त्यमा उनले लेखेको कुरा बाट प्रष्ट हुन्छ ः जन्मेपछि मान्छेले मात्र नभई समग्र प्राणीले मर्नैपर्छ । मर्नको लागि सबै डराइरहेका हुन्छन् तर उनी ‘इच्छामृत्यु’ रोज्दैछन् । उनले ‘इच्छामृत्यु’कानुनी रुपमा होस् भन्ने चाहेका छन् ।
हाम्रो समाज पाखण्डको मेखाला पहिरिएर हिँडछ । लेखकहरू त्यसैलाई उतार्ने कोसिस गर्छन् । लेखक पनि त समाजकै प्रतिनिधि पात्र हो । उसले समाजबाटै लिन्छन् र समाजलाई नै दिन्छन् ।
संसारमा समाज र मानिस रहेसम्म लेखन सकिन्नँ । सकिनु पनि हँुदैन । आफू बाँचेको समयका सबै चित्रहरू लेखेर जाने हो भने भोलिका पुस्ताले समयलाई चिन्न साहित्यको सहयोग लिन सक्छन् । यहीँनेर साहित्यको सार्थकता छ ।
अन्त्यमा, साहित्यको क्षितिजमा लम्की रहेका श्रेष्ठको अभियान सफल होओस् । ऊनका कृतिहरू सफल हँुदै जाउन् । देशले यस्ता साहित्यकारबाट सेवा पाई रहोस्,नेपाली साहित्य पनि अब्बल हुदै गएको छ । अव यसले विदेशी साहित्यसँग तुलना गर्ने अवसर पाओस् भत्रे कामना समेत गर्दछु ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend