जन आकाश
काठमाडौ । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमाका ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउने उद्घेश्यले मिति २०७९ बैशाख २१ गते देखि थप दुई शाखाहरुको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ८० औँ शाखाको रुपमा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १३ स्थित कलंकी शाखा र ८१ औँ शाखाको रुपमा नुवाकोट जिल्ला बिदुर नगरपालिका वडा नं.२, स्थित बट्टार शाखा सञ्चालनमा ल्याएको छ ।
कलंकी शाखाको उद्घाटन लक्ष्मी बिकास बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले गर्नु भयो भने बट्टार शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र नुवाकोट उद्मोग वाणिज्य सघंका अध्यक्ष तारा बहादुर कार्कीले संयुक्त रुपमा गर्नु भएको थियो ।
२१ गते खोलिएको दुई शाखा सहित लुम्बिीनी बिकास बैंकले देशको ७ वटै प्रदेशमा ८१ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ र निकट भविष्यमा कपिलवस्तुको चन्द्रौटा,बर्दियाको ताराताल,कैलालीको लम्की र मसुरिया एवं कंचनपुरको बाणी समेत गरी थप ५ शाखा खोल्नको लागी तयारी गरेको पनि उक्त कार्यक्रममा दिएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend