जन आकाश
काठमाडौ । सेञ्चुरी कमर्सियल बैंकलिमिटेडको १० (दश) वर्षे अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको “सेञ्चुरी डिबेञ्चर २०८८” को प्रतिकित्ता डिबेञ्चर अंकित मुल्यरु.१,०००।–को दरले २२,००,००० कित्ता डिबेन्चर मध्ये ६० प्रतिशत अर्थात १३,२०,००० कित्ता डिबेन्चर परिपत्र विधिबाट र४० प्रतिशत अर्थात ८,८०,००० कित्ता डिबेन्चर (सामुहिक लगानी कोषलाई संरक्षित गरिएको ४४,००० कित्तासमेत) सर्वसाधारणमा मिति २०७९÷०१÷२५ गतेदेखि मिति २०७९÷०२÷०४ गतेसम्म बिक्री खुल्ला गरिएकोमा उक्त अवधिभित्र माग बमोजिम नै आवेदन प्राप्त हुन आएको बैकले जानकारी दिएको छ ।
सर्वसाधारणमा निष्काशित ८,८०,००० कित्ता डिबेन्चर (सामुहिक लगानीकोषलाई संरक्षित गरिएको ४४,००० कित्ता समेत) मध्ये सामुहिक लगानी कोषबाट माग भै आएको १०,००० कित्ता डिबेन्चर सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकि ८,७०,००० कित्ता डिबेन्चर सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गर्दा सि–आस्वा प्रणाली मार्पmत आवेदन गर्नुहुने २,२७२ जना आवेदकहरुबाट ७८,७८५ कित्ता डिबेन्चरको लागि आवेदन प्राप्त भएकोमा १० जना आवेदकहरुको हकमा निजहरुको अनुरोध बमोजिम ४१५ कित्ता डिबेन्चर रद्द गरी बाँकि २,२६२ जना आवेदकहरुबाट प्राप्त ७८,३७० कित्ता डिबेन्चर र परिपत्र विधिबाट बिक्रीको लागि छुट्याइएको १३,२०,००० कित्ता डिबेन्चरमा सर्वसाधारणको तर्फबाट आवेदन प्राप्त नभएको ७,९१,६३० कित्ता डिबेन्चर समावेश गरी जम्मा २१,११,६३० कित्ता डिबेञ्चर परिपत्र विधिबाट बिक्री खुल्ला गरिएकोमा माग बमोजिम नै अर्थात २१,११,६३० कित्ता डिबेन्चरका लागि दरखास्त प्राप्त हुन आएकोले सर्वसाधारण र परिपत्र विधिबाट रीतपूर्वक दरखास्त दिएका आवेदकहरुलाई कुल २१,९०,००० कित्ता डिबेन्चर मिति २०७९÷०२÷१० गते मंगलबारका दिन बिहान ९ः३० बजे धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धककोर जिष्टर्ड कार्यालय, नक्साल काठमाण्डौंमा नियमन निकाय, लगानीकर्ता, सञ्चार माध्यमका प्रतिनिधि एवं सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा बाँडफाँट गर्ने कार्य सम्पन्न भएको बैकले जनाएको छ ।
डिबेञ्चर निष्काशन कार्यलाई सफल बनाउन हुने सम्पूर्ण शुभेच्छुक, आस्वामा सहभागी सदस्य बैंक तथावित्तीय संस्थाहरु, नियामक निकायहरु, सञ्चारकर्मीलगायत सरोकारवाला सबै पक्षलाई निष्काशन तथा बिक्री प्रबन्धक र निष्काशन कम्पनीका तर्फबाट हार्दिक आभार व्यक्तगर्दै आगामी दिनमा पनि यहाँहरुको यस्तै सहयोग र सद्भाव रहिरहने अपेक्षा सहित सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं बैकाको बिज्ञप्तिमाा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend