logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिनजङ्ग रायमाझी नियुक्त


  • जन आकाश
  • बिहिबार, जेष्ठ १९ २०७९

 



काठमाडौ । सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सचिनजङ्ग रायमाझी नियुक्त हुनुभएको छ । हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका सचिनजङ्ग रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले मिति २०७८। ०२ । १८ गते देखि लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

नेपाल बंगलादेश बैंक बाट बैंकिंग शुरु गर्नु भएका रायमाझीले नेपाल राष्ट्र बैंक लगायत विभिन्न बैंक (एन.सी.सी. बैंक, मेगा बैंक र प्रभू बैंक) मा गरी कुल एक्काइस बर्षको बैंकिङ अनुभव बटुलेका छन् ।

विगत साढे चार वर्ष देखि सिभिल बैंकको प्रमुख कर्जा अधिकृत तथा प्रमुख संचालन अधिकृतको समेत भुमिका निर्वाह गरीसक्नु भएकोले वहाँले नायव प्रमुख कार्यकारी अधिकृतकोे भुमिका समेत सफलता पूर्वक निर्वाह गरी बैंकलाई थप उचाईमा पु¥याउनेमा बैंकले विश्वास गर्दै नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको उल्लेख छ ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वर्तमान प्रमुख कर्जा अधिकृत सचिनजङ्ग रायमाझीले बैंकमा पु¥याउनु भएको योगदानको उच्चकदर गर्दै बैंकको संचालक समितिले वहाँलाई नायव प्रमुखकार्यकारी अधिकृतको कार्यभार सुम्पिएकोमा खुशी व्यक्त गर्नुका साथै बधाई समेत दिनुभयको थियो । बैको टिम सहभागी कार्यक्रममा सौहार्दा वातावरण देखिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend