logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

बैक अफ काठमाडौको प्रिमियम प्लस बचत खातामा अकार्षक बयाजदर पाइने


  • जन आकाश
  • शुक्रबार, जेष्ठ २० २०७९

काठमाडौ । अफ काठमाण्डू लिमिटेडले प्रिमियम प्लस बचत खाता सार्वजानिक गरेको छ ।उक्त खातामा उच्च व्याजदर पाउनका साथै बैकले ग्रहकहरुलाई अधिकतम् सुविधा व्यवस्थापन गरको उल्लेख छ । बैंकहरुले बचत खातामा ग्राहकहरुलाई प्रदान गर्ने ब्याजदर भन्दा बढि ब्याजदरको ब्यवस्था सहित अन्य धैरे निशूल्क सुबिधाहरु रहेको बैकले उल्लेख गरेको छ ।



“अब बचत गर्ने अझ बढ्नेछ रहर, जब पाइन्छ अन्य खाताहरु भन्दा अधिक ब्याजदर” भन्ने मुलनाराका साथ सार्वजनिक गरीएको यस बचत खातामा ग्राहक महानुभावहरुले ८.०३%को उच्चतम ब्याजदर पाउनुहुनेछ । साथै, रु. १०,००० को न्यूनतम मौज्दात राखी खाता खोल्न सकिने यस बचत खातामा ग्राहक महानुभावहरुलाई थुप्रै निःशुल्क बैंकिङ्ग सेवाहरुको ब्यवस्था रहेको छ । ग्राहकहरुले सामान्यतया शुल्क तिर्नुपर्ने बैंकिङ्ग सेवाहरु जस्तै चेक बुक, Balance Certificate, Demat Account, E-commerce Activation, ABBS,खाताको विवरण, मेरो सेयर Connect IPS,  डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोेबाईल बैैंकिङ्ग यस बचत खातामा निशुल्क उपलब्ध हुनेछ ।

  • यस बचत खाताका विशेषताहरु निम्न बमोजिम रहेका छन ।
  • वार्षिक ८.०३% ब्याजदरको ब्यवस्था ।
  • न्यूनतम् मौज्दात रु १०,०००।
  • त्रैमासिक रुपमा ब्याज आम्दानी हुने ।
  • निशुल्क चेक बुकको ब्यवस्था ।
  • Balance Certificate को लागि कुनै शुल्क नलाग्ने ।
  • सेयर कारोबारको लागि आवश्यक डिम्याट खाता निशुल्क खोल्ने ब्यवस्था ।
  • विभिन्न अनलाईन सेवा प्रदायक संस्थाहरुबाट वस्तु तथा सेवा खरिद गरि बैंकको कार्डबाट भुक्तानी गर्नलाई आवश्यक E-Commerce Activation सेवा निशुल्क प्रदान गरिने ।
  • ग्राहकहरुले यस बैंकको कुनै शाखा कार्यालयबाट अर्को शाखा कार्यालयमा जतिसुकै रकम पठाउदा शुल्क नलाग्ने ।
    पहिलो वर्ष निशुल्क मेरो शेयर सुबिधा ।
  • निशुल्क खाताको विवरण उपलब्ध गरिने ।
  • पहिलो वर्ष निःशुल्क डेबिट कार्डको सुबिधा ।
  • पहिलो वर्ष निःशुल्क मोबाइल बैंकिङ्गको सुबिधा ।
  • पहिलो वर्ष निःशुल्क Connect IPS सुबिधा ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend