जन आकाश
काठमाडौ । ५० औं विश्व वातावरण दिवसको अवसर पारेर लक्ष्मी बैंकले आफ्नो वातावरण मैत्री हरित बचत खाता “ग्रीन सेभिंग” पुनः सञ्चालनमा ल्याएको छ ।
हालको डिजिटल युगको फाइदा उठाउदैं अनलाईन खाता खोल्ने सेवा, भिडियो–KYC र डिजिटल बैंकिङ्ग जस्ता सेवाहरुको सम्मिश्रनले सो खाता पूर्णरूपमा कागजविहिन रहेको छ । साथै यस खातामा ग्राहकहरुले ८.०३% को उच्चतम ब्याजदर मात्र नभई ग्रीन बैंकिङ्ग प्याकेज (मोबाईल मनी र इन्टरनेट बैंकिङ्ग) निःशुल्क प्राप्त गर्न सकिने उल्लेख छ ।
लक्ष्मी बैंकको “एक खाता, एक रुख“ को प्रतिबद्दता अनुरुप “गो ग्रीन“ अभियानमा सहयोग पुग्ने गरी प्रत्यक ग्रीन सेभिंग खाताको वापत बैंकले एउटा रुख रोप्ने छ । यसका साथै ग्रीन सेभिंग खाताबाट संकलन हुने निक्षेपबाट नवीकरणीय ऊर्जा, हरित यातायात, दिगो खाद्य, कृषि, वन, फोहोर व्यवस्थापन र हरितगृह ग्यास न्यूनीकरण लगायत दिगो विकास लक्ष्यहरू अन्तर्गत पर्ने क्षेत्रहरू र गतिविधिहरूमा कर्जा प्रवाह गर्न उपयोग गरिने बैकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यो पहल मार्फत लक्ष्मी बैंकले आफ्नो ’ओरेन्ज लभ्स ग्रीन’ को दिगो प्रतिबद्धतालाई निरन्तरता दिने छ । यसै प्रतिबद्धता अन्तर्गत बैंकले PCAF (कार्बन एकाउन्टिङ फाइनान्सियलका लागि पार्टनरसिप) मा पनि सामेल भएको छ । सो साझेदारी मार्फत बैंकले औपचारिक रूपमा (क) आफ्नो कार्बन उत्सर्जन मापन गर्ने र (ख) राष्ट्रिय प्रतिबद्धतासँग मिल्दोजुल्दो लक्ष्य र नीतिहरू उपनाउने छ जसले बैंकको नेट–जिरो यात्रा अघि बढ्ने छ ।
ग्राहकहरुलाई डिजिटल बैंकिङ्ग माध्यमहरु अपनाई ग्रीन बैंकिङ्गतर्फ प्रोत्साहन गर्नका लागी लक्ष्मी बैंकले विभिन्न अफरहरु पनि ल्याएको थियो । विश्व वातावरण दिवसकै दिन प्रयोगकर्ताहरुले मोबाइल मनी द्वारा कुनै पनि QR भुक्तानी गर्दा १०% (प्रती व्यक्ति रु.५० सम्मको) तुरुन्तै छुट पाउन सक्ने व्यवस्था गरिएको थियो । यति मात्र नभई सो दिन QR भुक्तानी गर्दा दोब्बर फोनपे रिवार्ड पोइन्टस प्राप्त गर्न सकिने जानकारी विइएको थियो ।
मोबाइल मनी प्रयोगकर्ताहरुले आफूले संकलन गरेको फोनपे रिवार्ड पोइन्टस मार्फत ५०० पोइन्टमा लक्ष्मी बैंकको ग्रीन प्याकेज (जस अन्तर्गत मोबइल मनि, डेबिट कार्ड, ईन्टरनेट बैंकइङ्ग तथा इमेल अलर्ट सुविधाहरु पर्दछ) १ वर्षको लागी निःशुल्क नविकरण गर्न पनि सक्ने गरी व्यवस्था गरेको वैकले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend