जन आकाश
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैक र मेगा बैकविच मर्जरको लागी एमओयू हुने भएको छ । दुई बैंकविच गत मंगलबार नै शुक्रबार सेयर बजार बन्द भएपनि एमओयू गर्ने गरी ड्राफ फाईनल भएको हो ।
इन्भेष्टमेन्ट बैंकको १ कित्ता सेयर बराबर मेगाको ०.९० कित्ता सेयर हुनेगरी मर्जरमा सम्झौता हुन लागेको हो । आज शुक्रबार साँझ मेगा र इन्भेष्टमेन्ट बैंकका संचालकहरूविच एमओयूमा हस्ताक्षर कार्यक्रम रहेको छ ।
गत चैतमा हिमालयन बैंकसँग मर्जर भाँडिएपछि इन्भेष्टमेन्ट बैंकले मेगा बैंकलाई प्रश्ताव गरेको थियो । मर्जरपछि बैंकको सीईओ र अध्यक्ष इन्भेष्टमेन्ट बैंकबाटै हुने सहमती भएको छ भने नयाँ संचालक समितिमा दुई बैकबाट ३ जना रहनेछन् ।
मर्जपछि बैंकको नाम इन्भेष्टमेन्ट बैंकनै रहनेछ भने बैंकको पुँजी ३० अर्व बढि हुनेछ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा एनआईबिएल बैंकको चुक्ता पूँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैयाँ पुगेको छ भने मेगा बैंकको १६ अर्ब १२ करोड ४ लाख ६१ हजार रुपैयाँ रहेको छ ।
एनआईबिएल बैंकको कर्जा १ खर्ब ७३ अर्ब ४६ करोड १९ लाख ९६ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको १ खर्ब ५० अर्ब ४५ करोड ९३ लाख ४४ हजार रुपैयाँ रहेको छ ।
चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा एनआईबिएल बैंकको निक्षेप १ खर्ब ८० अर्ब २ करोड १३ लाख ४४ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको १ खर्ब ४७ अर्ब ५९ करोड ९० लाख २३ हजार रुपैयाँ रहेको छ ।
नेपाल इन्भेष्टमेन्टसँग मर्जर टुटाएको हिमालयन बैंकले पनि सिभिल बैक गाभ्न लागेको छ । छिट्टै एमओयू गर्ने बारे छलफल चलेको हो । सिभिलले हिमालयनसँग ९५ रूपैयाँ स्वाप मागेको छ । हिमालयनले ८० रूपैयाँ प्रश्ताव गरेको छ । छिट्टै यी दुई बैंकको पनि एमओयू हुने बताइएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend