जन आकाश
मोरङ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले मोरङ जिल्ला, सुन्दर हरैँचा नगरपालिका, वडा नं ३,गछियामा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको उदघाटन राष्ट्रिय सभा सदस्य रमेश जंग रायमाझीेले गरेका छन् ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा प्रमुख अतिथि रमेश जंग रायमाझी, उद्योग संगठन मोरङका उपाध्यक्ष भोलेश्वर दुलाल, सिभिल बैंकका कायम मुकायम प्रमुख संचालन अधिकृत युवराज गुरागाईँ, प्रदेश नं. १ का प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति, मिडियाकर्मीहरु तथा सर्वसाधरणको उपस्थितिरहेको थियो ।
त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टर मार्पmत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसंग गर्न सक्ने बैकले आयोजना गरेको कार्यक्रममा बताइएको थियो ।
सात लाखभन्दा बढीग्राहकहरुलाई ११५ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित १२ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ । साथै बंैकको हालसम्म ९७ एटिएम रहेका छन् । बैंकले हालसम्म करीव रु. ९२ अर्व निक्षेप परिचालन गरी रु. ८७ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे बैकले जानकारी दिदै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend