जन आकाश
काठमाडौ । बैंक अफ काठमाण्डू लिमिटेड र अन्नपूर्ण केबल कार प्रा. लि. बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड क्धष्उभ तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी केबल कारको टिकट खरिद पश्चात् भुक्तानी गर्दा बैंकका ग्रहकहरुलार्ई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । पर्यटकीय नगरी पोखरामा रहेको अन्नपूर्ण केबल कार प्रा.लि. ले देशको आन्तरिक तथा बाह्य पर्यटक वृद्धिमा महत्वपूर्ण योगदान गर्दै आईरहेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०१ शाखा कार्यालयहरु, ९२ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको बैकले उल्लेख गर्ने गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend