जन आकाश
काठमाडौ । कुमारी बैंक लिमिटेड र बुटवलस्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलबीच एका सम्झौता भएको छ । उक्त सम्झौतापछि कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट हुने भएको छ । सो सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्यले तथा ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलका तर्फबाट महाप्रबन्धक लक्ष्मण खड्काले हस्ताक्षर गरेका थिए ।
डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भाईरहेको कुरालाई मध्यनजर गर्दै डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटेलका विभिन्न सेवाहरुमा आकर्षक छुटको प्रावधान गरेको हो । बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले उक्त होटेल बसाईमा रुम शुल्कमा ३०% र खानपानमा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४२ शाखारहित बैंकिङ्ग ईकाई तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend