logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

एनएमबि बैंकको ग्राहकहरुलाई अन्नपूर्ण केबलकारमा छुट


  • जन आकाश
  • सोमबार, असार ६ २०७९

 



 

 

काठमाडौ । एनएमबि बैंकका ग्राहकहरुले अन्नपूर्ण केबलकारमा छुट पाउने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैकका ग्राहकहरुले पोखराको अन्नपूर्ण केबलकारको टिकट खरिद गर्दा र एनएमबि बैंकको क्रेडिट, डेबिट कार्ड र मोबाईल बैंकिङ्गबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउने उल्लेख छ । बैंकले डिजिटल बैंकिङ्ग अभियान अन्तर्गत नगद सहितबाट नगद रहित डिजिटल कारोबारतर्फ लाग्न आफ्ना ग्राहकहरुलाई उत्प्रेरित गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको “द ब्यान्कर” पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend