logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

बैंक अफ काठमाण्डूको घरदैलो कार्यक्रम जारी


  • जन आकाश
  • सोमबार, असार ६ २०७९

 



काठमाडौ । बैंक अफ काठमाण्डू लिमिटेडले प्रदेश १ अन्र्तगतका विभिन्न शाखा कार्यालयहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बैंकले हालै सार्वजनिक गरेको २ निक्षेप योजनाहरुको जानकारी मुलक तथा विभिन्न बैंकिङ्ग सेवाहरुको जानकारी प्रदान गर्ने उद्देश्यले संचालन गरीएको उक्त घरदैलो कार्यक्रममा बैंकका विभिन्न शाखा कार्यालयका कर्मचारीको सहभागिता रहेको थियो ।

बैंकले आकर्षक विशेषताहरु सहित ४ गुणासम्मको प्रतिफल भएको बिओके सुपर मुद्दती खाता सार्वजानीक गरेको थियो । उक्त ४ गुणासम्म प्रतिफल प्रदान गर्ने मुद्दती खातामा क्रेडिट कार्ड जारी शुल्कमा विशेष छुटको सुविधा, मौज्दात रकमको ९० प्रतिशतसम्म ऋणको सुबिधा सहित रु. २ लाख सम्मको क्रेडिट कार्ड सुबिधा रहेको छ ।

साथै, बिओके प्रिमियम प्लस बचत खातामा उच्चतम् ब्याजदर ८.०३ प्रतिशतको वार्षिक ब्याजदर सहित थुप्रै निशुल्क सेवाहरु समावेश गरी ग्राहक महानुभावहरुको फाईदालाई ध्यानमा राखी सार्वजनीक गरेको हो ।

बैंकको प्रदेश १ अन्र्तगतका विराटचोक, विराटनगर, बित्र्तामोड, बुधबारे, धरान, दिक्तेल, इटहरी, खाँदबारी, उर्लाबारी, दमक, तथा काँकरभित्ता लगायत शाखा कार्यालयहरुले आफ्नो नजिकको स्थानहरुमा घरदैलो कार्यक्रम गरि बैंकको नयाँ योजनाहरुको बारेमा जानकारी दिएका हुन । यो भन्दा अगाडी बागमति प्रदेशमा पनि घरदैलो कार्यक्रम गरेको थियो ।

अन्य प्रदेशमा पनि घरदैलो कार्यक्रम गर्ने बैकले जानकारी दिएको छ ।  बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको बैकले उल्लेख गर्ने गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend