logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

कामना बैंकले निशुल्क शौचालय सेवा दिन महानगरसँग सम्झौता


  • जन आकाश
  • सोमबार, असार ६ २०७९

 



काठमाडौ । कामना सेवाविकास बैंकले काठमाडौँ महानगरपालिका भित्र रहेका शाखाहरु मध्य बैंकका ८ वटा शाखा कार्यालयहरुका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने गरी मितिः २०७९ असार ६ गते काठमाडौँ महानगरपालिकासँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।

नगर कार्यपालिकाको मिति २०७९ जेठ १६ को निर्णयानुसार सार्वजनिक शौचालयको पहुँच जनस्तरसम्म पुर्याउन गरेको काठमाडौँ महानगरको आह्वान अनुरुप कामना सेवा विकास बैंकले आफ्नो एक्यबद्धता जनाएको हो ।

बैंकले सार्वजनिक प्रयोगका लागि सञ्चालनमा ल्याउने सार्वजनिक शौचालयको सरसफाई र आवश्यक सामानहरुको व्यवस्था सामाजिक उत्तरदायित्व अन्तर्गत स्वयंले गर्नेछ ।

कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बसनेतले महानगरका नव निर्वाचित मेयरको काठमाडौंलाई व्यवस्थित गर्ने निती अनुरुप बैंकले पनि एक्यबद्धता जनाएको सम्झौताको क्रममा बताएका थिए ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend