जन आकाश
काठमाडौ । कामना सेवा विकास बैंक लिमिटेड र खबर एक्सप्रेस बीच प्रोफेसनल कर्जा प्रवाह गर्नेगरी मिति २०७९ साल आषाढ महिना १७ गते शुक्रबार सम्झौता सम्पन्न भएको छ ।
सम्झौता पश्चात बैंकले खबर एक्सप्रेसका कर्मचारीहरुलाई सरल तरिकाबाट बिना धितोमा प्रोफेशनल कर्जा प्रदान गर्नेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा खबर एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशकले हस्ताक्षर गर्नु भएको थियो ।
यो सम्झौता पछि खबर एक्सप्रेसका कर्मचारीले सहज रुपमा कर्जा प्राप्त गर्ने र बैंकको व्यवसायमा समेत थप टेवा मिल्ने विश्वास बैंकले लिएको उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend