जन आकाश
काठमाडौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल माध्यम मार्फत सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैकिङ्ग सेवा प्रदान गर्ने हेतुले अनलाईन पोर्टल ९प्क् म्ष्नष् ध्यचमि० सार्वजनिक गरेको छ । बैंकले मिति २०७९ साल आषाढ २२ गते मङ्गलबारका दिन(KS Digi World) सार्वजनिक गरी सेवा सञ्चालनमा ल्याएको छ ।
यो सेवा लागू भएपछि बैंकका ग्राहकहरुले बैंकको वेबसाईट वामोबाईल एप मार्फत अथवा digiworld.kamanasewabank.com मा गई एकद्वार प्रणाली मार्फत घरैमा बसी अनलाईन सेवाहरु प्राप्त गर्न सक्नेछन् ।KS Digi world मा अनलाईन खाता, अनलाईन ऋण आवेदन, अनलाईन डिम्याट र मेरोशेयर, अनलाईन कार्ड रिक्वेस्ट, अनलाईन क्युआर रिक्वेस्ट, अनलाईन ग्राहक केन्द्र सेवा लगायतका सेवाहरु उपलब्ध छन् । साथै बैंकले आगामी दिनहरुमा समेत अन्य अनलाइन सेवाहरू थप गर्दै जाने योजना बनाएको उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend