logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

एन आई सी एशियामा खाता खोलेका ३ ग्राहकलाई बीमा भुक्तानी


  • जन आकाश
  • सोमबार, असार २७ २०७९

 



काठमाडौ । एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलेका ३ जना ग्राहक महानुभावहरुलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति रू. १० लाखको दरले कुल रू. ३० लाख बीमा रकम भुक्तानी गरेको छ ।

बीमा लाभ प्राप्त गर्नेमा यस बैंकको स्वयम्भु शाखामा सर्वश्रेष्ठ बचत खातो हरिन्द्र शाह तेली, जाजरकोट शाखामो प्रचण्ड जंग शाह र सञ्जित तामाङ रहेका छन् । निज लाभदायीहरुलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देले संयुक्त रुपमा एक कार्यक्रमका बिच बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो ।

यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १,१३७ जना भन्दा बढी ग्राहक महानुभावहरूले घातक रोग बीमा वापत रू. २ करोड ४० लाख, दुर्घटना बीमा वापत रू. ४० लाख र मेडिकल बीमा वापत रू. २ करोड ६९ लाख गरी कुल रू. ५ करोड ४९ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।

बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क रू. ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता ग्राहक महानुभावहरू सामू ल्याएको छ । यस बचत योजना अनुसार ग्राहक महानुभावले प्राप्त गर्ने बीमा, कर्जा सम्बन्धी सुविधाहरू लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई–कमर्श नवीकरण, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस÷सी आइपिएस÷फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरू ग्राहक महानुभाव एवं निजले मनोनित गर्नुभएका अन्य ३ व्यक्तिहरूका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend