जन आकाश
काठमाडौ । कामना सेवाविकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले सेवाविस्तार गर्ने क्रममा मिति २०७९ साल आषाढ २६ गते आईतबारबाट मोरङ्ग जिल्लाको केराबारी गा.पा. वडा नं. १० को थापाटारमा, सुन्दर सरैंचा न.पा. वडा नं. १२ शुक्रबारेमा र झापाजिल्लाको बुद्ध शान्तिगा.पा. वडा नं. ०१ को नमुनाचोकमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको उल्लेख गरको छ ।
मोरङ्ग जिल्लाको केराबारी गा.पा वडा नं. १० थापाटार स्थित केराबारी भ्यु होटल एण्ड बार (प्रो. धनबहादुर लिम्बु), सुन्दर हरैंचा न.पा वडा नं. १२ शुक्रबारे स्थित आरजु कस्मेटिक एण्ड रेडिमेड (प्रो. राजनभगत) र झापा जिल्लाको बुद्ध शान्तिगा.पा. वडा नं. ०१ नमुनाचोक स्थित बबि सप्लायर्स (प्रो. नन्दकुमार याफु राई)लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
मोरङ्ग जिल्लाको केराबारी गा.पावडा नं. १०का वडा अध्यक्ष पुर्ण बहादुर मगरले थापटारमा, सुन्दर हरौंचा न.पा. वडा नं. १२ का वडा अध्यक्ष रोशन प्रसाद ढकालले शुक्रबारेमा र झापा जिल्लाको बुद्ध शान्तिगा.पा. वडा नं. ०१ का वडा अध्यक्ष अनिल वाग्लेले नमुमाचोकमा शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा व्यावसायिक प्रतिनिधि, स्थानीय महानुभावहरुका साथै बैंकका अन्य कर्मचारीहरुको उपस्थिती रहेको उल्लेख छ ।
शाखा रहित बैंकिङ्गमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने बैकले उल्लेख गरेको छ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको उल्लेख गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend