जन आकाश
काठमाडौँ — नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंक बीचभएको प्राप्तिको सम्पूर्ण कार्य समापन भई सोमबारबाट एकीकृत कारोबार शुरु भएको छ । नबिल बैंकको ३८ औ वार्षिकोत्सवको अवसरमा सोमबारवाट एकीकृत कारोवार सुरु गरेको छ ।
कार्यक्रमा प्रमुख अतिथी मुख्य सचिव शंकरदास बैरागी, बैंकका अध्यक्ष् ाउपेन्द्र प्रसाद पौडेल र उपाध्यक्ष निर्वाण चौधरीले संयुक्त उद्घाटन गरि एकिकृत कारोबार थालन ीभएको घोषणा गरेका थिए ।
दुई बैंकको मर्जपछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन भएको छ । कार्यक्रममा बोल्दै मुख्य सचिव बैरागीले पुरानो मध्यको एक नेपाल बंगलादेश बैंकको प्राप्ति पछि नबिल बैंक अझ ठुलो भएको र यस कदमले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास लागेको बताएका थिए ।
अझ बलियो, सँगै अघि भन्ने नारा सहित गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले प्राप्ति पछि नबिलले बैंकिङ्ग प्रणालीलाई थप सुशासित, सुरक्षित, स्वच्छ, कुशल तथा सक्षम बनाई बैंकिङ्ग क्षेत्रको स्थायित्वमा टेवा पुर्याउने बताए । “बैंक ठूलो भए सँगै बैंकिङ्ग प्रणाली, मानव संशाधन, प्राविधिक तथा अन्य समग्र क्षमता अभिबृद्धि गरी सर्वसाधारणलाई आधुनिक थप गुणस्तरीय बैंकिङ्ग सुविधा प्रदान गर्ने लक्ष्य लिएका छौ,”उनले थपे ।
देशविकासमा बैंकिंग संस्थाहरुको अग्रणी भूमिकाहुने बताउदै उनले भने, “यस बैंकले वास्तविक अर्थतन्त्रलाई सहयोग पुर्याउने लक्ष्य सहित नबिल दिगो बैंकींगको सुरुवात गरेको छ र अझ सशक्त रुपमा अघि बढ्नेछ ।”पर्यावरण र दिगो विकासको मापदण्डलाइ पछ्याउदै बैंकले त्यहिअनुसार नीति तथा रणनीति लिने उनले जानकारी दिए ।
“क”वर्गको इजाजत प्राप्त नबिलबैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको अनुमतिबाट नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेको हो । यस प्राप्तिसँगै अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको छ र देशकै सबभन्दा ठूलो वितीय संस्था भएको बताइएको छ ।
जव जव बैकहरु एकाले अर्कोलाई प्रप्ति गर्छन आफुलाई ठुलो भएको घोषणा गर्छन । त्यस्तै केही बर्ष अगाडी मात्र जनता बैकलाई ग्लोबल आइएमइ बैकले प्रप्ति गरेपछि यस्तै ठुलो भएको दावी गरेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend