logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

कामना सेवा को २१ औं शाखा रहित बैंकिङ्ग सेवा विस्तार


  • जन आकाश
  • शुक्रबार, असार ३१ २०७९

 



काठमाडौ । कामना सेवा विकास बैंक लिमिटेडले देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ्ग सेवा थपेको छ । बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल आषाढ ३० गते इलाम जिल्लाको रोङ गा.पा. वडा नं. ०६ को सलकपुरमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको उल्लेख गरी पठाएको छ ।

रोङ गा.पा. वडा नं. ०६ सलकपुर स्थित अधिकारी एग्रो बनानाज फुड जोन (प्रो. याम प्रसाद अधिकारी)लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको उल्लेख छ । वडा नं. ०६ का वडा सदस्य धिरज राईले उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गरी सेवा शुभारम्भ गरेको उल्लेख छ । कार्यक्रममा वडा नं. ०६ का अन्य जनप्रतिनिधिहरु,व्यावसायिक प्रतिनिधि, स्थानीय महानुभावहरुका साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको उल्लेख छ ।

शाखा रहित बैंकिङ्गमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंक प्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको उल्लेख छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend