logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

कामना सेवामा बैंकको नायबमा विनय दाहाल नियुक्त


  • जन आकाश
  • बुधबार, साउन ४ २०७९

कामना सेवामा बैंकको नायबमा विनय दाहाल नियुक्त



काठमाडौ । कामना सेवाविकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा विनय दाहाल नियुक्त भएकाछन् ।

बैंकिङ्ग क्षेत्रमा करिब ३ दशक लामो कार्य अनुभव हासिल गर्नु भएका दाहाल विगत ५ वर्ष देखि एन.एम.बि. बैंकको उच्चतहमा रही कामगर्दै आउनु भएकोमा पछिल्लो २ वर्ष देखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी वहन गर्दै आउनु भएको थियो । उहाँ एन.आई.सि एसिया बैंक तथा नबिल बैंकसँग आबद्ध भएर पनि कामगरी सक्नु भएको छ ।

बैंकिङ्ग क्षेत्रमा लामो अनुभव संगालेका दाहालले बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको भूमिका सफलता पूर्वक निर्वाह गरी बैंकलाई थप उचाइमा पु¥याउने बैंकले विश्वास लिदै थप जिम्मेवारी प्रदान गरेको बैकले जारी गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend