logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

एन आई सी एशियाको नया चमत्कार, मेसिनबाट सोझै रकम जम्मा गर्न सकिने


  • जन आकाश
  • शुक्रबार, साउन १३ २०७९

 



काठमाडौ । ‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने अठोट लिएको एन आई सी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने Cash Deposit सेवाको शुभारम्भ गरेको छ ।

ग्राहक महानुभावहरूले सहज रुपमा यस बैंकमा रहेको आफ्नो वा अन्यको खातामा नगद रकम जम्मा गर्न सक्नेगरी उक्त मेशिन प्रयोगमा ल्याएको बैकले जानकारी दिएको छ । बैंकमा गई कुनै भौतिक फारम बिना ग्राहक महानुभावहरूले केबल खाता नम्बरको आधारमा मेसिनबाट सोझै रकम जम्मा गर्न सक्ने व्यवस्था रहेको छ ।

मेसिनबाट रू.१,००० र रू.५०० दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था रहेकोमा एक जना ग्राहक महानुभावको खातामा एक पटकमा अधिकतम रू.९९,५०० गरी दैनिक अधिकतम रू.९,९९,५०० सम्म नगद जम्मा गर्न सकिने व्यवस्था गरेको बैकले जानकारी दिएको छ ।

मितिः २०७९ साउन १३ गते बैकका नायब सूचना अधिकारी अर्जुन खनियाद्धारा हस्तक्षरित प्रेस बिज्ञप्तिमा उक्त कुरा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend