logo मंगलबार, कार्तिक ११ २०८३ | Tuesday 27th October 2026

प्रभु बैंक र लोकहित डेन्टल हस्पिटल बिच सम्झौता


  • जन आकाश
  • मंगलबार, साउन २४ २०७९

 



काठमाडौ । प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रा .लि का बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला त्रिशुली लोकहित डेन्टल हस्पिटल प्रा .लि तर्फबाट अध्यक्ष डा.गणेश साहद्घारा उक्त सम्झौतामा हस्ताक्षर भएको उल्लेख छ ।

प्रभु बैंक र उक्त प्रा .लि बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनु भएका सम्पूर्ण ग्राहक महानुभावहरुले लोकहित डेन्टल हस्पिटल प्रा .लिद्धारा सञ्चालित सेवामा १० प्रतिशत छुट प्राप्त पाउने छन् । यद्यपि बिल रकम रु ५०० भन्दा कम भएमा छुट पाउने छैनन् ।

उतm सम्झौता अन्तर्गत लोकहित डेन्टल हस्पिटल प्रा .लि.का मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा,लोकहित डेन्टल हस्पिटल प्रा .लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनेछन् भनि बैकले पठाएको रिर्पोटमा उल्लेख छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend