logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मुक्तिनाथले ल्यायो न्यूनतम अवधिमा तेब्बर योजना


  • जन आकाश
  • शनिबार, साउन २८ २०७९

काठमाडौ । मुक्तिनाथ विकास बैंक लि.ले ग्राहक महानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेप कर्ताहरुलाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे न्यूनतम अवधिमा तेब्बर सम्म प्रतिफल दिने “मुक्तिनाथ गज्जब मुद्दती” योजना सञ्चालनमा ल्याएको छ ।



उक्त योजना अन्तर्गत व्यतिmगत मुद्दती खातामा ९ वर्ष ४ महिना १८ दिनमा प्रतिफल तेब्बर र व्यतिmगत रेमिट्यान्स मुद्दतीमा ८ वर्ष ७ महिना २८ दिनमा तेब्बर हुनेछ ।

त्यस्तै व्यतिmगत मुद्दती खातामा ५ वर्ष १० महिना १८ दिनमा प्रतिफल दोब्बर र व्यतिmगत रेमिट्यान्स मुद्दतीमा ५ वर्ष ५ महिना ६ दिनमा दोब्बर हुनेछ । साथै, थप जानकारीका लागि बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न सकिने छ । यो योजनाबाट ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने बैकले विश्वास गरेको उल्लेख छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend