जन आकाश
काठमाडौं । राष्ट्रिय आर्थिक मासिकको १२औं बार्षिकोत्सव सम्पन्न भएको छ । यहि मिति २०७९ साउन २९ गते काठमाडौको कार्की ब्याङ्कुटमा भएको कार्यक्रमको सभापति पुष्कर बस्नेतले गरेका थिए।
प्रमुख अतिथिको पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, विशिष्ट अतिथिहरुमा पूर्वअर्थमन्त्री डा.रामशरण महत र पूर्वगृहमन्त्री शक्ति बस्नेत रहेका थिए।
कार्यक्रममा सम्मानित हुने व्यक्तित्वहरुमा नेपालका प्रथम गभर्नर हिमालय शम्शेर राणा, लोकगायक कुमार बस्नेत, माथिल्लो तामाकोशी जलविद्युत आयोजना जनसरोकार समितिका अध्यक्ष÷संयोजक दिव्यध्वज कार्की, वरिष्ठ पत्रकार बबिता बस्नेत, बैकर प्रद्युमन पोख्रेल, बैंकर प्रवीण बस्नेत, राजधानी दैनिकका सम्पादक सागर पण्डित, प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन, ईन्जिनियर ऋषि कोइराला, युवा उद्यमी एवं सहकारीकर्मी राज कुमार खड्का र शिक्षासेवी डिएन अधिकारी सम्मानित भएका थिए ।
सोही अवसरमा पत्रिकालाई निरन्तर सहयोग गर्दै आएका कमल पन्थीलाई प्रशंसापत्र प्रदान गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि केपी शर्मा ओलि, विशिष्ट अतिथि डा.रामशरण महत, विशिष्ट अतिथि शक्ति बस्नेत तथा अतिथिहरुमा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, बाग्मती प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष श्याम कुमार बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, टानका अध्यक्ष खुम बहादुर सुवेदिको अलावा सम्मानित व्यक्तित्वहरुबाट हिमालय शम्शेर राणा र कुमार बस्नेत र सभापति पुस्कर बस्नेत लगायतले धारणा राखेका थिए।
कार्यक्रमका प्रमुख अतिथि केपी शर्मा ओलिले नेपालले अहिले उत्कृष्ट शासन व्यवस्था अङ्गिकार गरेपनि जनताको जीवनस्तरमा परिवर्तन ल्याउने सामुहिक सोच नेपालका राजनीतिक नेतृत्वमा विकास हुन नसकेको बताएका थिए।
एमाले सरकारको पालामा अघी सारिएको ‘समृद्ध नेपाल ः सुखी नेपाली’ कार्यक्रमको अवधारणालाई अहिलेको गठबन्धनले स्वीकार्न नसक्नुले समेत नेपाल समृद्ध बनेको देख्न चाहने सोच अहिलेका राजनीतिक दलहरुमा नभएको उनले सम्बोधनका क्रममा बताएका थिए।
अहिलेको गठबन्धन स्वस्थ नभएको बताउँदै ब्रह्माका टाउका ४ दिशामा फर्किए जसरी गठबन्धनका दलहरु पनि एउटै कार्यपरिमाणमा केन्द्रित नभई ५ दिशामा फर्किएको र परिणाम पनि त्यस्तै प्राप्त भएको बताउदै सत्तापक्षको अछितो काडेका थिए।
आफूले विगतमा निर्वाचन घोषणा गर्दा स्वस्थ तवरले निर्वाचन सम्पन्न गराएको र सोहीबमोजिम प्रशासनतन्त्रलाई निर्देशन दिएको तर अहिलेको गत स्थानीय तह निर्वाचनमा त्यसरी स्वस्थ तवरले निर्वाचन सम्पन्न नभएको ओलिको आरोप लगाएका थिए।
गठबन्धनका नेतृत्वमा रहेका दलहरु शक्ति आफ्नो हातमा लिएर जसरी पनि निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने मनसायबाट केन्द्रित भएको बताउँदै पृथक वैचारिक आस्थामा रहेकै कारण आफ्नै छिमेकीलाई कुटपिट गर्न माथिल्लो नेतृत्वले नै प्रेरित गरेको आरोप समेत लगाउन भ्याए।
उद्योगी, व्यवसायीहरुका प्रतिनिधिलाई राखेर करका दर निर्धारण गर्ने अहिलेको सरकारको परिपाटी गलत भएको उनले ठोकुवा गरेका थिए।
साथै समाज, राजनीति र विकास लगायतका विभिन्न क्षेत्रमा रहेका समस्याहरुलाई सही ट्रयाकमा ल्याउनको लागि पत्रकारिताले सही भूमिका खेल्नुपर्ने ओलिको धारणा राखेका थिए।
कार्यक्रममा विशिष्ट अतिथि प्रकाशशरण महतले मुलुकको विकासको लागि सबै एक भएर अघी बढ्नुपर्ने औंल्याएका थिए । पत्रकारिता क्षेत्रले सबैमा सही सूचना प्रदान गरेर उचित भूमिका निर्वाह गर्नुपर्ने उनले बताए।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि शक्ति बहादुर बस्नेतले पत्रकारिताले सुशासन र सामाजिक न्यायका विषयवस्तुहरु उठान गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा मुख्य सम्मानित हिमालय शम्शेर राणाले बदलिँदो परिवेशमा निरन्तर पत्रिका प्रकाशन गर्ने कार्य आफैंमा चुनौतीपूर्ण रहेको बताएका थिए । नेपालका प्रथम गभर्नर एवं हिमालय शम्शेर राणाले सरकारले निर्यातलाई प्रतिबन्ध लगाएर मात्रै हामीले आर्थिक उपलब्धि हासिल गर्न नसकिने बताउँदै स्वदेशी वस्तुको उत्पादन वृद्धि एवं निर्यात प्रवद्र्धनमा जोड दिनुपर्नेमा जोड दिनुपर्ने बताएका थिए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रमा सुधार आवश्यक रहेको बताएका थिए ।
कार्यक्रमका अतिथि श्याम कुमार बस्नेतले प्राकृतिक स्रोतसाधनमा नेपाल सम्पन्न रहेको बताउँदै नेपालको आर्थिक रुपान्तरणको लागि स्थानीय स्रोतसाधनको उपयोग आवश्यक रहने र ती विषयवस्तुहरुमा पत्रकारिता जगतले कलम चलाउनु बताएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend