logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

प्रभु बैंक सिताशरण प्रा. लि. बिच सम्झौता


  • जन आकाश
  • बिहिबार, भाद्र २ २०७९

 



काठमाडौ । २०७९ साउन ३१गते प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरण प्रा .लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट जनकपुर शाखा कार्यालय प्रमुख अशोक कुमार साह र होटल सिताशरण प्रा .लि.का तर्फबाट महाप्रबन्धक कमल सिंह साउदद्घारा उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

प्रभु बैंक र उक्त होटलबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनु भएका सम्पूर्ण ग्राहक महानुभावहरुले होटल सिताशरण प्रा .लि. द्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत र “लजिङ्ग” सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

उतm सम्झौता अन्तर्गत होटल सिताशरण मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल सिताशरण का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको उल्लेख छ ।

सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनेछन् भनि बैंकले उल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend