जन आकाश
काठमाडौ । बैंक अफ काठमाण्डू लिमिटेड र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमा बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १२ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
उक्त सम्झौता पश्चात् ग्राहक महानुभावहरुले द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसन, महालक्ष्मीस्थान, ललितपुरमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १२ प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसन, महालक्ष्मीस्थान, ललितपुरबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको बैकले उल्लेख गर्ने गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend