logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

कुमारी बैंकका ग्रहकलाइ बर्गर हाउसमा सुविधा


  • जन आकाश
  • शुक्रबार, भाद्र १० २०७९

 



काठमाडौ । कुमारी बैंक लिमिटेड र वीरेन्द्रनगर, सुर्खेतस्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनबीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सो सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकवर्गले वीरेन्द्रनगर, सुर्खेतस्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका विभिन्न आउटलेट तथा खानपिनमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् । जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रियशील राख्न लगायत शारीरिक स्फूर्ति एवं मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागी विश्राम अत्यावश्यक रहेको छ ।

सोही कुरालाई मध्यनजर गर्दै, कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत द बर्गर हाउसका विभिन्न सेवाहरुमा बैंकका डेबिट÷क्रेडिट कार्ड वाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको उल्लेख गरेको छ । बैकले प्रेस बिज्ञप्ति पठाएर उक्त जानकारी गराएको हो ।

कुमारी बैंकले देशभर १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४९ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ भनि उल्लेख गर्ने गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend