logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

‘गरिमा मालामाल मुद्धती योजना’ सार्वजनिक


  • जन आकाश
  • सोमबार, भाद्र १३ २०७९

काठमाडौ । विकास बैंकले ७३ महिना १० दिनमै निक्षेप दोब्बर र ११६ महिना ६ दिनमा निक्षेप तेब्बर हुने ‘गरिमा मालामाल मुद्धती योजना’ सार्वजनिक गरेको छ । महामारी पछिको बढ्दो मुद्रास्फीतिले आम नेपालीहरुको जीविका झनै खर्चिलो हुनपुगेको छ जस्ले गर्दा उनीहरु कम ब्याजदरमा बचत गर्न अरुची देखाईरहेको अवस्थामा गरिममाले छोटो समयमा नै निक्षेप दोब्बर र तेब्बर हुने प्रभावकारी एवं समय सापेक्ष बचत योजना सार्वजनिक गरेको हो ।



गरिमा बैंकको उक्त मालामाल योजनाले भावी दिनमा आम नेपालीहरुको जिविका सहज गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास राखेको उल्लेख गरेको छ ।

बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । साथै, बैंकले चाडै नै क्रेडिट कार्ड पनि सार्वजनिक गर्ने तयारी गरिरहेको उल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend