logo बुधबार, कार्तिक १२ २०८३ | Wednesday 28th October 2026

बैंक अफ काठमाण्डूका ग्राहकलाई मेरो स्टोरमा १० प्रतिशत छुट


  • जन आकाश
  • बिहिबार, भाद्र १६ २०७९

 



 

मोहन कार्की ।
काठमाडौ । नेपललमा यतिवेला दशैको नजिक रहेको छ । यहिवेला बिभिन्न व्यापारिक कम्पनीहरुले वित्तिय क्षेत्रहरुसँग सहकार्य गरेर बिभिन्न सेवा सुविधा दिने चलन अगाडी बढीरहेको छ । त्यस्तै बैंक अफ काठमाण्डू लिमिटेड र मेरो स्टोर बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहक महानुभावहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको गरी ग्रहकलाई सेवा दिन लागेको हो ।

उक्त सम्झौता पश्चात् ग्राहक महानुभावहरुले मेरो स्टोर, बुटवल, रुपन्देहीमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउनेछन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्ने बैकले उल्ल्ेख गरेको छ । मेरो स्टोर, बुटवल, रुपन्देहीबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको बैकले जानकारी दिउको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको बैकले जारी गर्ने प्रेस नोटमा उल्लेख गरेर पठाउने गरेको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend