जन आकाश
काठमाडौ । मुक्तिनाथ विकास बैंक लि.ले ग्राहक महानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई अत्यन्त लाभदायी ब्याजदर प्रदान गर्नेे र रु २२.५० लाख सम्मको बीमा सुविधा दिने “मुक्तिनाथ उत्कृष्ट मुद्धती” योजना सञ्चालनमा ल्याएको छ ।
उक्त योजना अन्तर्गत व्यतिmगत मुद्धती खातामा न्यूनतम रु ५ लाख मौज्दात राखेर मुद्धती खाता खोल्नु हुने खातावालहरुले आफनो लागि रु १० लाख सम्मको दुर्घटना बीमा, रु. २ लाखको घातक रोग बीमा र रु. ५० हजारको आवधिक जीवन बीमा,साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत रु १० लाख सम्मको दुर्घटना बीमा सुविधा पाउन सक्नेछन् ।
उक्त योजना अन्तर्गत ग्राहकहरुले १ बर्ष देखि २ वर्ष सम्मको मुद्धती खाता खोल्न सक्नेछन् र जति अवधिको मुद्धती खाता खोलेको हुनेछ त्यतीनै समय अवधिको लागि बीमा सुविधा प्राप्त गर्न सकिने बैकले उल्लेख गरेको छ । त्यस योजनाबाट ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको उल्लेख गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend