जन आकाश
काठमाडौ । बैंकले नेपालीहरुको आउदै गरेको महान चाडपर्वहरु लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण e-commerce कारोबारमा नगद फिर्ता योजना ल्याएको छ । बैंकको कार्डबाहक महानुभावहरुले विभिन्न ईकमर्स प्याटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्नुभएमा ग्राहक महानुभावहरुले कारोबार रकमको १० प्रतिशत वा अधिकतम् रु १५०० सम्म नगद फिर्ता पाउनुहुनेछ ।
नगदफिर्ता योजना यहि २०७९ साल भाद्र २२ गते बुधबारबाट सुरु हुने उल्लेख गरेर पठाएको छ । नगदफिर्ता योजना अन्र्तगत बैंकको कार्डबाहक महानुभावहरुले नगदफिर्ताको लागि योजना अवधिभर ३ वा सो भन्दा धेरै संख्याको ईकमर्स कारोबार गर्नुपर्ने छ र कारोबार रकम रु. १०,००० वा सो भन्दा बढि रकम हुन पर्नेछ । यदि कोहि महानुभावहरुको कार्ड अनलाइन कारोबारको लागि दर्ता भएको छैन भने कार्डबाहक महानुभावहरुले बैंकको वेवसाइटमा गई आफै कार्ड अनलाइन कारोबारको लागि दर्ता गर्न सक्नेछन् अथवा आफुलाई पायक पर्ने बैंकको कुनैपनि शाखा कार्यालयमा गई अनलाइन कारोबारको लागि निशुल्क दर्ता गर्न सक्ने उल्लेख छ ।
बैंकको आफ्नो डेबिट तथा क्रेडिट कार्डबाहक महानु्भावहरुले विभिन्न ईकमर्स प्लेटफर्महरुमा अनलाइन माध्यमबाट आफुलाई मनपर्ने सामानहरु खरिद गरी बैैकको कार्डबाट विद्मुतीय माध्यमबाट भुक्तानी गरिरहेकाहरुले पछिल्लो समय कार्डबाट हुने विद्मुतिय भुक्तानी कारोबारमा बैंकको ग्राहक महानुभावहरुको रुची वृद्धि भईरहेको छ । यस्तै रुचीहरुको निरन्तरता तथा रुची वृद्धिको लागि यस बैंकले विभिन्न समयमा कार्डबाहक महानुभावहरुको फाईदाको लागि नगद फिर्ता तथा छुट योजनाहरु ल्याइरहेको उल्लेख छ ।
नगद फिर्ता योजनाले ग्राहक महानुभावहरुलाई धेरै फाईदा हुने भएकोले उक्त योजनामा ग्राहक महानुभावहरुको उच्च सहभागिता रहने विश्वास बैंकले लिएको उल्लेख छ । नगद फिर्ता योजना सिमित अवधिको लागि भएको हुनाले यस नगद फिर्ता योजनामा चाडै सहभागि भई कार्डबाहक महानुभावहरुलाई फाईदा लिन बैंकले आग्रह गरेको छ ।
विद्मुतिय कारोबारमा बैंकको ग्राहक महानुभावलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरीरहेको र भविष्यमा पनि यस्ता योजनाहरु ल्याई ग्राहक महानुभावहरुलाई लाभाम्वित बनाउन बैंक प्रतिवद्ध रहेको उल्लेख छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend